पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाडौं, ५ पुस । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १२ जना संक्रमितको मृत्यु भएको थियो। 

एकै दिन ५ सय ८८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन्। 

गएको २४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts