बैतडीको पुर्चौडीमा प्रयोगशाला र प्रसुति सेवा केन्द्र स्थापना



Download our app to get more features

बैतडी, ५ पुस । बैतडीको पुर्चौडीमा नगरपालिकामा प्रयोगशाला र प्रसुति सेवा केन्द्र स्थापना भएको छ । 

नगरपालिकाको वडा नम्बर ४ स्थित भटना स्वास्थ्य चौकीमा प्रयोगशाला र सुरक्षित प्रसुति सेवा केन्द्रको उद्दघाटन गरिएको हो । 

नगरपालिकाको जनशक्ति व्यवस्थापन र उपकरण उपलब्ध गराएपछि प्रयोगशाला र प्रसुति गृह सञ्चालनमा आएको भटना स्वास्थ्य चौकीका इञ्चार्ज रोहित धानुकले जानकारी दिए ।  आधारभुत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले प्रयोगशालाको स्थापना गरिएको उनले बताए ।
 
प्रयोगशाला स्थापना भएपछि  जिल्ला सदरमुकाम तथा डडेल्धुरा धाउनपर्ने बाध्यता हटेको विश्वास लिइएको छ । 

भटनामा यो सहित ४ वटा प्रसुति सेवा केन्द्र स्थापना भइसकेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts