धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु, सेनाद्वारा शव व्यवस्थापन



Download our app to get more features

धनगढी, ५ पुस । धनगढी उपमहानगरपालिकाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ५ हसनपुर बस्ने ९० वर्षीय बृद्धको शनिबार बिहान मृत्यु भएको हो । 

श्वासप्रश्वासमा समस्या आएर शुक्रबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनको मृत्यु शनिबार बिहान १ बजे भएको अस्पतालले जनाएको छ । उनको कारोना परीक्षणका लागि शुक्रबार नै स्वाब लिइएकोमा रिपोर्ट पोजेटिभ आएको अस्पताले जनाएको छ । 

मृत्युपछि संक्रमित बृद्धको शव व्यवस्थापन गरिएको छ । उनको शव गोदावरी नगरपालिका–२ स्थित गोदावरी आर्यघाटमा गरिएको नेपाली सेनाले जनाएको छ ।

कैलालीको तेघरीस्थित भवानी दल गणबाट जम बिक्रम थापाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो । धार्मिक परम्परा बमोजिम जलाएर शवको अन्त्यष्टि गरिएको बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts