थप १२ जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं, ४ पुस । नेपालमा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेकोे संख्या १७ सय ७७ पुगेको छ ।
यस्तै हाल नेपालमा २ सय ७९ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ५९ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।