काठमाडौं उपत्यकामा २८७ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, ३ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २१ महिला र १ सय ६६ पुरुष गरी २ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १७ हजार ८ सय ७९ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी, आज काठमाडौंमा १ जना र ललितपुरमा १ जना गरी २ कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ९४ हजार २ सय ७१ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ५३ जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार ८ सय ७४ जना निको भएका छन्।
ललितपुरमा १४ हजार ७ सय २३ जना संक्रमित भएका छन्। जसमा १ सय ४० जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ८ सय ४० जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ५ सय ९८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १ सय १० जना निको भएका छन्।