नेपालमा ७८२ जनामा कोरोना संक्रमण, १ हजार २९ जना कोरोनामुक्त



Download our app to get more features

काठमाडौं, ३ पुस । पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३०५ महिला र ४७७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६१ हजार ४३० छ भने २४ घण्टामा ५ हजार ७०६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।

२४ घण्टामा १ हजार २९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४१ हजार ३९२ जना घर फर्किसकेका छन् ।

Last modified on 2020-12-18 16:14:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts