काठमाडौं उपत्यकामा ३६३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाडौं, २ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं १ सय ५२ महिला र २ सय ११ पुरुष गरी ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ३ सय ५ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २ सय ७३ , ललितपुरमा ४९ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २ जना र ललितपुरमा २ जना गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९४ हजार ६९ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ५२ जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार ५ सय ३०  जना निको भएका छन्। ललितपुरमा १४ हजार ६ सय ४७ जना संक्रमित भएका छन्। जसमा १ सय ३९ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ७ सय ७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५ सय ८९ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १ सय ५९ जना निको भएका छन्।

आज काठमाडौंमा ४ हजार ८७ ललितपुरमा ७ सय ३५ र भक्तपुरमा ३ सय ५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts