कोरोना संक्रमित बिरामीको भर्ना गरि उपचार गर्दा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा दर्ता गर्नुपर्ने



Download our app to get more features

काठमाडौं, २ पुस । सरकारले कोरोना संक्रमित बिरामीको भर्ना गरि उपचार गर्दा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) मा दर्ता गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले सूचना जारी गर्दै सबै अस्पताललाई निर्णय कार्यान्यन गर्नका लागि भनिएको बताए ।

उनले चिन्ह लक्षण देखिएका बिरामीहरु आइसोलेसन (सरकारले बनाएको आइसोलेसन केन्द्र वा अस्पताल) मा मध्यम केस बाहेक १० दिन मात्र रहने निर्णय गरिएको भन्दै साथै सोही अनुसार स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा दर्ता गर्न पनि सूचित गरिएको बताए । 

यस्तै एचएमआईएस को दर्ता अनुसार मात्रै सोध भर्ना हुने, कुनैपनि अस्पतालले कोभिड १९ का बिरामीको भर्ना गरि उपचार गरेको एचएमआईएसमा दर्ता नगरेमा स्वास्थ्य तथा जनसंख्या मन्त्तालय, प्रदेश, स्थानीय तहबाट हुने अस्पताल नविकरण/सूचीकरण नहुने पनि व्यवस्था गरिएको छ ।

त्यसैगरि निः शुल्क उपचार गरे वापतको शोधभर्ना रकम माग गरिएका बिरामीहरुबाट कुनैपनि शुल्न नलिन पनि आग्रह गरिएको छ । साथै शुल्क लिएको पाइएमा सोधभर्ना नगरिने पनि बताइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts