सर्वोच्चले रिट खारेज गरेपछि पीजीको प्रवेश परीक्षा मिति तोकियो, यस्तो छ परीक्षा तालिका

काठमाडौं, २ पुस । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोस्ट गे्रजुएट) को प्रवेश परीक्षा मिति तोकेको छ ।
सर्वोच्च अदालतले विभिन्न मितिमा परेका रिट निवेदनहरु खारेज गरेपछि आयोगले परीक्षाको मिति तोकेको हो ।
आयोगले सूचना जारी गर्दै पीजीको परीक्षा यहि पुस १८, १९ र २० गते हुने जनाएको छ ।
यसअघि आयोगद्वारा २०७७ असोज २६, २७ र २८ गतेका लागि निर्धारित पीजीको एकीकृत प्रवेश परीक्षाको विषयमा विभिन्न मितिमा रिट निवेदनहरु परेपछि अन्तरिम आदेश दिँदै परीक्षा स्थगित भएको थियो । सर्वोच्चले बुधवार आदेश जारी गर्दै सम्पूर्ण रिट निवेदनहरु खारेज गरेपछि पीजीको परीक्षाका लागि बाटो खुलेको हो ।
यस्तो छ आयोगले निकाले परीक्षाको सूचनाः
Last modified on 2020-12-17 17:58:18