निर्णय भएको ४ महिनापछि लेखा समितिले बोलायो स्वास्थ्य मन्त्री ढकाललाई

स्वास्थ्य सामग्री खरिदमा अनियमितताको विषयमा छलफल हुने



Download our app to get more features

काठमाडौं, २ पुस । सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितताको विषयमा थप बुझ्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले थप बुझ्नका लागि भोलि दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाएको हो । 

लेखा समितिका सभापति भरतकुमार शाहले समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको भएपनि अहिले मन्त्रीसँगको सल्लाहमा उनको समय मिलेपछि भोलिका लागि बोलाइएको बताए ।

२०७६ चैतमा चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो । तर, कानुनी प्रावधानविपरीत अनुभवहीन कम्पनीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको भन्दै विरोध भएको थियो ।

सम्झौताबमोजिम स्वास्थ्य सामाग्री नेपाल नल्याउँदै सरकारले एकतर्फी रुपमा खरिद सम्झौता भंग भएको घोषणा गरेको थियो । यो भन्दा पहिले पनि लेखा समितिले स्वास्थ्यका अधिकारीलाई छलफलका लागि बोलाइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts