कोरोना बीमाको दाबी भुक्तानी १२ हजार १९३ जनाले पाए

काठमाडौं, २ पुस । कोरोना बीमा गर्नेमध्ये १२ हजार १ सय ९३ जनाले दाबी भुक्तानी पाएका छन्। बीमा समितिका अनुसार १२ हजार १ सय ९३ कोरोना संक्रमितले एक अर्ब १९ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका हुन्।
दाबी भुक्तानीका क्रममा २३ हजार ५६ जनाको कागजपत्र पुरा भएको छ। तीमध्ये १२ हजार १ सय ९३ जनाले मात्रै भुक्तानी प्राप्त गरेका हुन्।
अहिले सम्म १७ लाखभन्दा धेरैले कोरोना बीमा गरेका छन्।
बीमा कम्पनीले ९८ करोड रुपैयाँको प्रिमियम संकलन गरेका छन्। कम्पनीहरुले प्रिमियमभन्दा २१ करोड रुपैयाँ बढीको दाबी भुक्तानी गरिसकेका छन्।
Last modified on 2020-12-17 12:06:26