स्वास्थ्य सेवा विभागका तीन महाशाखा प्रमुखहरुको फेरबदल, कसले पाए कुन जिम्मेवारी ?



Download our app to get more features

काठमाडौं, १ पुस । स्वास्थ्य सेवा विभागका तीन वटा महाशाखाका निर्देशकहरु हेरफेर गरिएको छ ।

बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभागको परिवार कल्याण महाशाखा, व्यवस्थापन महाशाखाका र उपचारात्मक महाशाखाका निर्देशकहरु हेरफेर गरेको हो ।

मन्त्रालयका उपसचिव तारा लुइटेलका अनुसार परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीलाई व्यवस्थापन महाशाखामा पठाइएको छ भने उपचारात्मक महाशाखाका निर्देशक रहेका डा. तारानाथ पोखरेललाई परिवार कल्याण महाशाखामा पठाइएको छ । यस्तै व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेश खरेललाई उपचारात्मक महाशाखामा ल्याइएको छ । 

यस्तै व्यवस्थापन महाशाखा अन्तरगर्त आपूर्ति शाखामा रहेका चुडामणी भण्डारीलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लगिएको छ भने भण्डारीको ठाँउमा उपेन्द्र ढुंगानालाई जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका तीन जना महाशाखा प्रमुख र दशौँ तहका एक जना र नवौं तहका एक कर्मचारीको जिम्मेवारी फेरबदल गरेका हुन् ।

Last modified on 2020-12-16 21:27:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts