पिजी परीक्षाको बाटो खुल्यो

काठमाडौं, १ पुस । चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको प्रवेश परीक्षाका लागि बाटो खुलेको छ। बुधबार सर्वोच्च अदालतमा चलिरहेको मुद्दा किनारा लागेपछि परीक्षाको लागि बाटो खुलेको हो।
अदालतमा पिजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करार लगायतका विषयमा मुद्दा परेको थियो। चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो।
तर सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।
मंसिर २९, ३० र आज भएको बहसपछि अदालतले परीक्षा गर्नका लागि बाटो खोल्ने आदेश दिएको हो।
Last modified on 2020-12-16 19:19:27