देशभर ६०९४ जना कोरोना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, १ पुस । देशभर ६ हजार ९४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। 
अहिले ९ हजार ७ सय ५७  कुल सक्रिय संक्रमितमध्ये ६ हजार ९४ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार २ सय ५५ जना संक्रमित होम आइसोलेसनमा छन्। 

प्रदेश १ मा ३ सय १३, प्रदेश २ मा ४४, गण्डकी प्रदेशमा ९ सय ६८, लुम्बिनी प्रदेशमा ७ सय ९८, कर्णालीमा १ सय ७ र सुदूरपश्चिममा ६ सय ९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts