ट्रमा घटनामा हीनताबोध भएको छ, जिता बराल 



Download our app to get more features

काठमाडौं, १ पुस । नेपाल नर्सिङ संघको आजीवन सदस्य तथा काउन्सिलको सदस्य जिता बरालले ट्रमा सेन्टरमा भएको घटनाप्रति ‘हीनताबोध’ भएको बताएकी छिन्।

संघले बराललाई घटनाका बारेमा असोज २८ गते स्पष्टिकरण मागेको थियो। सेन्टरमा बरालले असोज ६ मा अपशब्द प्रयोग गरी ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजानिक भएको थियो।

बरालले संघलाई इमेल गर्दै उक्त घटनाप्रति आफूले हीनताबोध गरेको र पूर्ण रूपमा स्वस्थ भएपछि अस्पताल उपस्थित भएर क्षमा याचनाको प्रतिवद्धता पनि व्यक्त गरेकी छिन्। ‘म बिरामी परेकै कारण यस्तो घटना भएको हो,’ बरालले संघलाई पत्र लेख्दै भनेकी छिन्, ‘तपाहरु यो घटनालाई निस्पक्ष स्वतन्त्र पारदर्शी र विकेकपूर्ण ढंगबाट छानबिन गर्नुहुनेछ भन्नेमा म पूर्ण विस्वस्त छु।’

उनले घटनाका सन्दर्भमा गेटबाहिरका सिसिटिभी फुटेज, प्रत्यक्षदर्शी ड्यूटीमा रहेका स्वास्थ्यकर्मी र प्रेस्क्रिप्सनहरुको समेत अध्ययन गर्न पनि संघलाई आग्रह गरेकी छिन्। असोज ७ गते संघको केन्द्रिय कार्यलयमा भएको घटनामा कुनै व्यक्ति, समूह, झुण्ड विशेषको प्रतिनिधि नभैकन संघको आजीवन सदस्यको रूपले कर्तव्य निभाएको बरालले बताएकी छिन्।

‘मैले सकारात्मक सहजीकरण गरी नर्सहरुले दुःख पाएको हेर्न नसक्नु, पेशागत आचरण विपरीत हो भने मैले के के गर्नु पर्छ? पेशागत आचरण विपरीत नहुनका लागि के के गर्नुपर्छ सल्लाह सुझाव दिनुहोला,’ बरालले भनेकी छिन्, ‘यी सल्लाह इमानदारिताका पालना गर्दै क्षमा याचना समेत गर्दछु।’

स्वास्थ्यकर्मी गरेको दुव्र्यवहार र घटनाको सत्यतथ्य छानबिन गर्न संघले असोज ९ गते तीन सदस्यीय छानविन समिती गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनमा छलफल गर्दै संघले आगामी दिनमा यस्तो गतिविधि नदोरह्याउनको लागि पत्र मार्फत चेतावनी दिएको छ।

सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएपछि उनको समर्थनमा सरकारविरुद्ध प्रदर्शन गर्न काउन्सिलको सदस्यसमेत रहेकी बरालसहितका केही व्यक्ति राष्ट्रिय ट्रमा सेन्टरको हातामा पुगेकी थिइन।

नाराबाजी गर्दा समेत अस्वभाविक हाउभाउ देखाएकी बराल त्यसपछि सेतो कोट नै लगाएर ट्रमा सेन्टरभित्र पसेकी थिइन। आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै भित्र गएर त्यहीँ भित्र नाच्ने, गीत गाउने र डाक्टर तथा नर्सलाई गालीगलौज गर्ने गरेकी थिइन।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts