प्रयोगात्मक अभ्यासको समय पुरा नगरी लाइसेन्स नर्सिङ परीक्षामा सामेल हुन नपाइने



Download our app to get more features

काठमाडौं, १ पुस । नेपाल नर्सिङ काउन्सिलले प्रयोगात्मक अभ्यासको समय पुरा नगरेका विद्यार्थीलाई नर्सिङ नाम दर्ता परीक्षामा सामेल नगराउने भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयले गत मंसिर  ८ गते बिएस्सी नर्सिङ र प्रविणता प्रमाणपत्र तह (पिसिएल) कार्यक्रमको फाइनल परीक्षाको सेड्युल प्रकाशित गरेपछि काउन्सिलले यस्तो सूचना जारी गरेको हो।

काउन्सिलले सुचना जारी गर्दै प्रयोगात्मक अभ्यासका तोकिएको समय पुरा नगरी अन्तिम परीक्षामा उर्तीण भएपनि नाम दर्ता परीक्षामा सामेल गराउन नसकिने स्पष्ट पारेको छ।

काउन्सिलको मंसिर १६ गते बसेको बोर्ड बैठकले प्रयोगात्मक अभ्यासको समय पुरा नगरि फाइनल परीक्षामा उर्तीण भएपनि दर्ता परीक्षामा सामेल गराउन नसकिने भन्दै सबै विश्व विद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषदलाई ध्यानाकर्षण गराएको छ।

Last modified on 2020-12-16 13:04:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts