देशभर ६ हजार १०३ जना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, ३० मंसिर । आज देशभर  ६ हजार १ सय ३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार ४ सय २४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

त्यसैगरी, प्रदेश १ मा एक हजार २ सय ३६, प्रदेश २ मा २४, गण्डकी प्रदेशमा ८ सय ९९, लुम्बिनी प्रदेशमा ६ सय ९८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

कर्णाली प्रदेशमा १ सय १५ जना र सुदुरपश्चिम प्रदेशमा ६ सय ७७ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts