काठमाडौं उपत्यकामा ४३८ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

काठमाडौं, ३० मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं १ सय ७४ महिला र २ सय ६४ पुरुष गरी ४ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ५ सय ५१ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय १० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अहिले सम्म काठमाडौंमा मात्र ९३ हजार ५सय २ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ४७ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार ६ जना निको भएका छन्। ललितपुरमा १४ हजार ५ सय २१ जना संक्रमित भएका छन्। जसमा १ सय ३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६ सय ७७ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना निको भएका छन्।
आज काठमाडौमा ४ हजार ३ सय ५३ ललितपुरमा ७ सय ७ र भक्तपुरमा ३ सय ३३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।