पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, ३० मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको  छ।

 नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन्। 

आज १ हजार ९ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts