लुम्बिनी प्रादेशिक अस्पतालमा आखाँ सम्बन्धी रोगको ओपीडि सेवा सुरु

रुपन्देही, ३० मंसिर । लुम्बिनी प्रादेशिक अस्पतालमा आखाँ सम्बन्धी रोगको ओपीडि सेवा सुरु भएको छ ।
ओपीडि सेवाको लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टाई र समितिका सदस्य रिज्यु श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।
एउटै अस्पतालबाट सबै सेवा प्रवाह गर्ने गर्दा सबै क्षेत्रका बिरामीलाई राहत होस भन्ने उदेश्यले सेवा सुचारु गरिएको हो । अस्पतालमा आखा उपचारकेन्द्रको उद्घाटनसँगै एक जना वृद्धको आँखाको उपचार समेत गरिएको आँखा रोग विशेषज्ञ डा. विश्व राज तिमल्सीनाले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालका विकास समितिका अध्यक्ष भट्टराईले अस्पतालका सेवा विस्तार गर्दै गएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतामा सबैसेवा पाउने तरिकाले काम अघि बढाएको बताए ।
अस्पतालका मेसु डा. राजेन्द्र खनालले सेवा विस्तार र नयाँ कार्यक्रम थप गर्दै सेवा दिईएको बताए । उनले अस्पतालमा अहिले नभएको नयाँ सेवा आँखा भएको थियो अब यो पनि सोमवारबाट सुरु भएको उल्लेख गरे । अरु बाँकी सेवापनि थप्दै जाने डा. खनालले बताए । कार्यक्रम सञ्चालन अस्पताल प्रशासन प्रमुख पिपीन क्षेत्रीले गरेका थिए ।
योसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा ११ विभागका सेवा दिदै आएको छ । हाल अस्पतालमा बाल रोग विभाग, सर्जरी विभाग, मेडिशिन विभाग, मिर्गौला विभाग, डेन्टल विभाग, प्रशुती विभाग, नाक कान घाँटी विभाग, न्युरो विभाग, छाला विभाग, मानसिक विभाग, अर्थो विभागमा सेवा दिँदै आएको छ ।