पिजी परीक्षाको मुद्दा ‘हेर्दाहेर्दै मा



Download our app to get more features

काठमाडौं, २९ मंसिर । चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी)को प्रवेश परीक्षाको विषयलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

सोमबार बहस नसकिएपछि मंगलबार सुनुवाई निरन्तर हुने सर्वोच्चले जनाएको छ।

न्यायाधीशद्वय  विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको सुनुवाइ नसकिएपछि पिजी परीक्षाको विषयमा अन्यौल कायम छ। 

अदालतमा पिजी परीक्षाका विषयलाई लिएर आधा दर्जनजति मुद्दा परेको छ। यी सबै मुद्दालाई एकै ठाउँमा राखेर छलफल चलिरहेको छ। 

चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर, सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।

न्यायाधिसहरुले यी सबै मुद्दाका विषयमा एकिकृत छलफल गरेर मात्र अगाडि बढ्ने राय दिएका थिए। मंसिर २८ गते पहिलो पेशी तोकिएको थियो। 

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।
 

Last modified on 2020-12-14 20:09:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts