काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं १४२ महिला र १९१ पुरुष गरी ३३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २४६ , ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा १ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९३ हजार १९२ जना संक्रमित भएका छन्, जसमध्ये ४४६ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार २५८  जना निको भएका छन्। ललितपुरमा १४ हजार ४३५ जना संक्रमित भएका छन्। जसमा १३४ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ४७२ जना निको भएका छन्।भक्तपुरमा ८ हजार ४८६ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३१ जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार ४८८ ललितपुरमा ८२९ र भक्तपुरमा ३५० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts