नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

काठमाडौं, २९ मंसिर । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघेको छ। पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ९ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन ८ सय २१ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। कुल संक्रमितमध्ये १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार ४ सय २३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ३६ हजार ४ सय ६४ पुगेको छ। हाल ४ सय ७१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
Last modified on 2020-12-14 16:33:11