कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अस्पताल अछाम सिल

काठमाडौं, २९ मंसिर । अछाम जिल्ला अस्पताल सिल गरिएको छ ।
अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डा. मनोज विष्टले जानकारी दिए ।
कर्मचारी निको भए लगत्तै सबै सेवा सुरु गर्ने उनले बताए । कोरोना सङ्क्रमित सबै कर्मचारीहरू होम आइसोलेशनमा रहेका छन् । अस्पताल सिल भएपछि आकस्मिकबाहेकका अन्य उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलाली जानुपर्ने छ ।