क्षयरोग विशेषज्ञ डा.बस्नेतको कोरोना संक्रमणका कारण निधन



Download our app to get more features

काठमाडौं, २९ मंसिर । छाती रोग विशेषज्ञ डा. नविन बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ । 

कोरोना संक्रमणपछि स्वास्थ्य थप जटिल बनेपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

६६ वर्षीय डा. बस्नेतको उपचारका क्रममा आइतवार अस्पतालमा निधन भएको अस्पतालले बताएको छ ।
 
डा. बस्नेतमा तीन साताअघि बाँसबारिस्थति न्युरो अस्पतालमा क्षयरोगको समस्या रहेको पत्ता लागेको थियो । क्षयरोग देखिएपछि उनलाई कोरोना संक्रमणका कारण एक्युट रेस्पिरेटरी डिस्ट्रेसको समस्या देखिएको थियो । जसका कारण उनलाई बचाउन नसकिएको डाक्टरहरुको भनाइ छ ।

डा. बस्नेत नेपाल प्रहरी अस्पतालका क्षयरोग विभागका संस्थापक हुन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts