पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो

काठमाडौं, २८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि शनिबार १५ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन ८ सय ३० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ८४ हजार ४ सय २३ पुगेको छ। कुल संक्रमितमध्ये १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन्।
गएको २४ घण्टामा ५ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ३१ हजार ४१ पुगेको छ। हाल ५ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।