सेती अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, २८ मंसिर । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ।

सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–१ का ७५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भेन्टिलेटरमा उपचाररत उनको आइतबार बिहान मृत्यु भएको बताए।

उनलाई कोरोना संक्रमणपछि निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो। यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts