पछिल्लो २४ घन्टामा थप ८ सय ९९ जनामा कोरोना पुष्टि, १३ सय ५९ जना संक्रमणमुक्त

काठमाडौं, २७ मंसिर । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय ४२ पिसिआर परीक्षण गर्दा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपलामा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप थप १३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको छ ।