वीर अस्पतालमा ननकोभिडको उपचार सुरु



Download our app to get more features

काठमाडौं, २६ मंसिर । वीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा सुरु गरेको छ। कोभिडसँगै ननकोभिडका बिरामीलाई पनि सबै सामान्य तथा विशेषज्ञ सेवाहरु बुधबारदेखि सुरु गरेको अस्पतालले जनाएको छ। 

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथ साथै अन्य ननकोभिडका बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै प्रदान गर्दै आइरहेकाले सबै बिरामीले अस्पतालबाट आवश्यक सेवा लिन सकिन्छ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts