स्वास्थ्य मन्त्रालयको राष्ट्रिय संयुक्त बार्षिक समीक्षा सुरू

काठमाडौं, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक बर्ष २०७६र०७७ को बार्षिक समीक्षा आजबाट सुरु गरेको छ । चार दिन सम्म चल्ने समीक्षा बैठक यसपटक भर्च्युअल (जुम) विधिबाट सञ्चालन गरिएको छ ।
राष्ट्रिय संयुक्त बार्षिक समीक्षा बैठकको पहिलो दिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, महानिर्देशक डा. दीपेन्द्ररमण सिंह सहित मन्त्रालयका उच्च अधिकारीहरु मन्त्रालयकै हलमा उपस्थित थिए । मन्त्रालयका अन्तरगर्तका अन्य निकायका प्रतिनिधिहरु भने आ आफ्नो कार्यालयबाट लाइभ जोडिएका थिए ।
कोरोना महामारीका कारण यसपटक भर्च्युअल विधिबाट समीक्षा बैठक सम्पन्न गर्न लागेको मन्त्रालयले जनाएको छ ।
पहिलो दिन परिषदहरुका तर्फबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद र प्रतिष्ठानहरुको तर्फबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्ँस), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना उपलव्धी र भइरहेका कामहरुको बारेमा प्रस्तुतिकरण राखेको थियो ।
त्यसअघि मन्त्रालयले गरेका कामको बारेमा नीति योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनी र अरु काउन्सिलहरुले गत आर्थिक बर्षमा गरेका कार्यहरुको कम्पाइल रिपोर्ट स्वास्थ्य मन्त्रालयका समन्वय महशाखा प्रमुख एवं प्रवक्ता डा. जागेश्वर गौतमले प्रस्तुत गरेका थिए ।