देशभर ७७२१ जना कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, २५ मंसिर । देशभर ७ हजार भन्दा धेरै कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १२ हजार ३ सय ८६ कुल संक्रमितमध्ये ७ हजार ७ सय २१ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ६ सय ६५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ४ हजार ३ सय ७८ जना संक्रमित होम आइसोलेसनमा छन्।
प्रदेश १ मा १ हजार ६३, प्रदेश २ मा १ सय ३६, गण्डकी प्रदेशमा २ सय ६१, लुम्बिनी प्रदेशमा १ हजार ५२, कर्णालीमा ७६ र सुदूरपश्चिममा ७ सय ५५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।