नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु, ३ सय ९ जना आईसीयूमा उपचाररत



Download our app to get more features

काठमाडौं, २५ मंसिर । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

यस्तै हाल देशभर ३ सय ९ जना कोरोना संक्रमितो उपचार आर्इसीयूमा भइरहेको छ भने ५७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts