नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार नाघ्यो, थप १ हजार ६४ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २५ मंसिर । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ४५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २ सय ३२ पिसिआर परीक्षण गर्दा थप १ हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थप ४ सय ४३ महिला र ७ सय ७४ जना पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको हो ।

यस्तै गत २४ घन्टामा थप १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ । यो दर कुल संक्रमितको ९४ दशमलव २ प्रतिशत हो ।

हाल नेपालभर १२ हजार ३ सय ८६ सक्रिय संक्रमित रहेका छन् । 

Last modified on 2020-12-10 16:10:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts