धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, २५ मंसिर ।  धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। 

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भेन्टिलेटरमा उपचाररत उनको गएराति मृत्यु भएको बताए। 

मंसिर १८ गते अस्पताल भर्ना भएको उनमा कडा खालको निमोनिया थियो।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts