एन्टिजेन परीक्षण पनि पीसीआर जत्तिकै प्रभावकारी भएको स्वास्थ्य मन्त्रालयको दाबी



Download our app to get more features

काठमाडौं, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पत्ता लगाउन गरिने एन्टिजेन परीक्षण पनि पीसीआर परीक्षण जत्तिकै प्रभावकारी भएको दाबी गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण पनि पीसीआर परीक्षण जत्तिकै प्रभावकारी भएको बताएका हुन्। 
उनले केही व्यक्तिहरुले एन्टिजेन परीक्षणबारे विभिन्न टिका टिप्पणी गरेको भन्दै यो परीक्षण पनि पीसीआर जत्तिकै भरपर्दो र प्रभावकारी भएको बताएका छन् । 

डा. गौतमले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएका र लक्षण देखिएका व्यक्तिको मात्र पीसीआर परीक्षण गरिने जनाए । उनले भने, ‘एन्टिजेन परीक्षणमा पोजेटिभ आए पनि कुनै लक्षण छैन भने पीसीआर गर्न पर्दैन्।’

एन्टिजेनमा पोजेटिभ देखिएका व्यक्तिहरुमा पीसीआर पनि पोजेटिभ आएको र एन्टिजेन परीक्षणमा नेगेटिभ आएकामा पीसीआरमा पनि नेगेटिभ नै आएको जानकारी गराए । 

सरकारले काठमाडौका केही स्थानहरुमा एन्टिजेन परीक्षण शुरु गरेको छ । तर  विज्ञहरुले भने एन्टिजेन परीक्षणलाई सरकारले पीसीआर परीक्षणको विकल्पको रुपमा लिएको भन्दै आलोचना गर्दै आएका छन्। 

Last modified on 2020-12-10 12:35:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts