बागमती प्रदेशलाई पाँच अस्पतालको जिम्मेवारी



Download our app to get more features

काठमाडौं, २४ मंसिर । सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका पाँच अस्पताललाई प्रदेश अन्तर्गत राख्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले मंसिर १८ गतेको यो जानकारी दिएकाछन् ।

दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही, चितवनको बकुलर रत्ननगर अस्पताल तथा काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी बागमती प्रदेश सरकारले पाएको छ। 

यो बागमती प्रदेशको १३ वटै जिल्लामा अस्पताल रहने भएको छ। यसअघि आठ वटा जिल्लामा मात्र प्रदेश अस्पताल रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts