काठमाडौं उपत्यकामा ४९६ संक्रमित थपिए, ६ जना संक्रमितको मृत्यु

काठमाडौं, २४ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय १४ महिला र २ सय ८८ पुरुष गरी ४ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ९१ हजार ५ सय ७७ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय २८ जनाको मृत्यु भएको छ। हालसम्म ८६ हजार ३ सय ६८ जना निको भएका छन्।
ललितपुरमा १४ हजार ९२ जना संक्रमित भएका छन्। जसमा १२८ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार २४ जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ३ सय ३६ संक्रमितमध्ये ९६ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७ सय ८७ जना निको भएका छन्। आज काठमाडौमा ४ हजार ७ सय ८१, ललितपुरम ९ सय ४० र भक्तपुरमा ४ सय ५३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।