पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो



Download our app to get more features

काठमाडौं, २४ मंसिर । पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
 योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो। 

एकै दिन १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५ हजार ९ सय ७२ पुगेको छ। हाल ५ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts