रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, २४ मंसिर । रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। भैरहवास्थित भिम अस्पतालमा उपचारत सैनामैनानगरपालिका–८ का ७३ बर्षे पुरुषको गए राती उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

 मुटु र उच्च रक्तचापको  समस्या रहेका ती  पुरुषको शनिबार कोरोना पोजेटिभ रिर्पोट आएको थियो।
 उनलाइ सोमबारदेखि भिम अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले बताए।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts