डडेल्धुरामा थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, २३ मंसिर । डडेल्धुरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको अमरगढी–५ बस्ने ६० वर्षीय बृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। सोमबार मृत्यु भएको र परिवारले कोरोनाको आशंका गरेर शव उठाउन आनाकानी गरेपछि कोरोना जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टले जानकारी दिए।

उनी विगत केहि दिनदेखि बिरामी भएको बताइएको छ। मृतक महिलाको शव व्यवस्थापनको तयारी गरिरहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। यो संगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ५९ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts