पाँच दिन भित्र खटाइएको स्थानमा नजाने चिकित्सकलाई कारबाही हुने

काठमाडौं, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा खटाइएका छात्रवृत्तिका चिकित्सकलाई पाँच दिन भित्र हाजिर हुन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले खटाइएको स्थानमा पाँच दिन भित्र हाजिर नभए सरकारको तर्फबाट लगानी असुल उपर गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाउने चेनावनी समेत दिएको छ।
मन्त्रालयले चिकित्साशास्त्र छात्रवृति छनौट तथा छात्रवृति प्राप्त विशेषज्ञ चिकित्क परिचालन कार्यविधि, २०७२को दफा ६९१० को प्रावधान अनुसार मन्त्रालयमा कबुलियतनामा गरी पढेका चिकित्सकलाई खटाइएको अस्पतालमा पाँच दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान९न्याम्स०, त्रिवि शिक्षण अध्ययन संस्थान९आइओएम० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडिरएमएसरएमडिएस मा अध्ययन गरि कबुलियतनामा बमोजिम मन्त्रालयले सरकारी अस्पतालमा खटाउने व्यवस्था छ।