नेपाल चिकित्सक संघ सुदूरपश्चिमको अध्यक्षमा मिश्र



Download our app to get more features

धनगढी, २३ मंसिर ।  नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति गठन गरिएको छ। संघको अध्यक्षमा डाक्टर प्रदिप मिश्र चयन भएका छन्।

यस्तै, वरिष्ठ सह–अध्यक्षमा डाक्टर खगेन्द्र भट्ट, सह–अध्यक्षमा डाक्टर जगदिश जोशी, सचिवमा डाक्टर कपिल गौतम, सह–सचिवमा डाक्टर शम्भु दत्त जोशी, डाक्टर मेराज आलम अन्सारी, कोषाध्यक्षमा डाक्टर आन्नद पाठक र सह–कोषाध्यक्षमा रविन्द्रदेव भट्ट चयन भएका छन्।

संघको सदस्यमा डाक्टर जगदिश विष्ट, डाक्टर निराजन दत्त शर्मा, डाक्टर दिपक ठकुराठी, डाक्टर विकास खडका, डाक्टर विरेन्द्र बुडाल, डाक्टर रोजी शर्मा, डाक्टर अनिस मान्नधर र डाक्टर समिर खान चयन भएका छन्। यस्तै डाक्टर गणेशबहादुर सिंह, डाक्टर प्रमोद जोशी र डाक्टर निरज अर्याल सल्लाहकारमा चयन भएका छन्।

Last modified on 2020-12-08 17:44:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts