काठमाडौं उपत्यकामा ५९४ संक्रमित थपिए, ११ जना संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाडौं, २३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ६३ महिला र ३ सय ३१ पुरुष गरी ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १३ हजार ४ सय ९८ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४ सय १३ , ललितपुरमा १ सय १३ र भक्तपुरमा ६९ जनालाई  कोरोना संक्रमण देखिएको छ। आज काठमाडौंमा १० र ललितपुमा १ जना गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९१ हजार १ सय ८४ जना संक्रमित भएका छन्, जसमध्ये ४२५ जनाको मृत्यु भएको छ। हालसम्म ८५ हजार ८ सय ८३  जना निको भएका छन्। ललितपुरमा १४ हजार १७ जना संक्रमित भएका छन्। जसमा १ सय २५ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १२ हजार ९०० जना निको भएका छन्। भक्तपुरमा ८ हजार २ सय ९७ संक्रमितमध्ये ९६ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७ सय ५१ जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार ८ सय ७७, ललितपुरम ९ सय ९२ र भक्तपुरमा ४ सय ५० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts