बैतडीमा मलद्वार र ओठ नभएको अनौठो शिशु जन्मियो

धनगढी, २३ मंसिर । बैतडीमा एक महिलाले अनौठो शिशुलाई जन्म दिएकी छिन् ।
जिल्लाको सुर्नया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्वार र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन् ।
९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्वार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले बताए ।
आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ । सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ ।
परिवारले सहयोगका लागि अपिल गरेका छन् ।