फार्मेसी परिषदले १५ औं नाम दर्ता परीक्षाको प्रमाणपत्र मंसिर २६ गते वितरण गर्ने

काठमाडौं, २३ मंसिर । नेपाल फार्मेसी परिषदले १५ औं नाम दर्ता परीक्षाको प्रमाण पत्र मंसिर २६ गते वितरण गर्ने भएको छ ।
फार्मेसीका रजिस्टर सञ्जीव कुमार पाण्डेले १५ दिन अघि लिइएको १५ औं नाम दर्ता (लाइसेन्स) परीक्षाको नाम दर्ता प्रमाण पत्र मंसिर २६ गते वितरण गर्न लागिएको हो ।
फार्मेसीले सूचना जारी गरेर नाम दर्ता प्रमाण पत्र वितरण गर्न लागिएको जानकारी दिएको छ ।
Last modified on 2020-12-08 07:23:07