नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९४ प्रतिशत पुग्यो, थप १ हजार १८ संक्रमित



Download our app to get more features

काठमाडौं, २२ मंसिर । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९४ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६ सय २८ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुुगेको छ । यो दर कुल संक्रमितको ९४ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप १ हजार १८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा ६हजार २ सय २० पिसिआर परीक्षण गर्दा ३ सय ७० महिला र ६ सय ४४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । हाल नेपालभर १२ हजार ९ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

Last modified on 2020-12-07 16:48:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts