भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. विष्णुदत्त पौडेल, कार्यभार भोलि मात्रै सम्हाल्ने



Download our app to get more features

काठमाडौं, २२ मंसिर । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. विष्णुदत्त पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले क्यान्सर रोग विशेषज्ञ डा. पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । 

पौडेलले निर्देशकको पत्र सोमवार बुझेपनि कार्यभार भोलिदेखि मात्रै सम्हाल्ने भएका छन् ।

सरकारले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकार मातहत नै सञ्चालन गर्ने निर्णय गरेको छ । कात्तिक २४ गते मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो । 

Last modified on 2020-12-07 16:33:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts