देशभर ८४७० जना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, २१ मंसिर । देशभर ८ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
आइतबार १३ हजार ५ सय ८२ जना संक्रिय संक्रमित मध्य ८ हजार ४ सय ७० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ८ सय ३१ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ३ सय ६१, प्रदेश २ मा १ सय ८६, लुम्बिनी प्रदेशमा १ हजार २ सय ७३, सुदूरपश्चिम प्रदेशमा ५ सय ७०, गण्डकी प्रदेशमा १ सय ६४ र कर्णाली प्रदेशमा ७६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।