पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, २१ मंसिर ।  पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

एकै दिन १ हजार ९६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ। कुल संक्रमितमध्ये १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ८४ हजार ५ सय १९ पुगेको छ। हाल ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts