विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३०१ पुग्यो

काठमाडौं, २१ मंसिर । विश्वका विभिन्न २० मुलुकमा मृत्यु हुने कोरोना संक्रमित नेपालीको ३०१ पुगेको छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा मृत्यु भएको हो।
यो साता जर्मनीमा एक र भारतमा एक नेपाली संक्रमितको मृत्यु भएको छ।
जर्मनीमा कोरोना भाइरस संक्रमित नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।
शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय सङ्क्रमित भएका छन्। सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।